spot_img

एसपिपीमा सहभागी नहुनेबारे प्रधानमन्त्रीले अमेरिकालाई तत्काल पत्राचार गर्नुपर्छ, नेपाल

spot_img

काठमाडाैँ, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् । एसपिपीमा सहभागी नहुने भनेर मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको बताउँदै अध्यक्ष नेपालले त्यसलाई तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीले अमेरिकालाई तत्काल पत्राचार गर्नुपर्ने उनले बताए ।

आइतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले केही दिनअघि आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेरै एसपिपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरेको पनि बताए । ‘एसपिपीबारे अहिले फेरि अलमलका कुरा आइरहेका छन् । अस्ति भर्खर मात्रै म र प्रचण्ड दुइटैले भन्यौँ प्रधानमन्त्री शेरबहादुर देउवालाई । तुरुन्तै त्यो चिठी पठाउनुहोस् । ढिलोढाला नहोस् । यस सम्बन्धमा जनताको तहबाट पनि आवाज उठनुपर्दछ । जनता सजग हुनुपर्दछ । किनभने नेपालको राष्ट्रियताको रक्षा गर्ने भनेको नेपाली जनताले हो,’ उनले भने ।

अध्यक्ष नेपालले सोसम्बन्धी अमेरिकालाई छिटो पत्राचार गर्नका लागि सरकारलाई दबाब दिन पनि आमजनतालाई आह्वानसमेत गरे । जनता र पार्टीहरूको एकताले देशको स्वाभिमानको रक्षा गर्न सकिने उनको भनाइ थियो । नेपालले सन्तुलित भएर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने उनले बताए ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img