डाेल्पा, डाेल्पाको तल्लो क्षेत्रमा पर्ने मुड्केचुला गाउँपालिकाका स्थानीयलाई निशुल्क सोलार वितरण गरिएको छ ।गाउँपालिकाका छ वटा वडाका ८ सय ५० घरधुरीलाई निशुल्क सोलार वितरण गरिएको हो ।गाउँपालिकाका वडा नं १,२,३,७,८ र ९ का सर्वसाधारणलाई एकसय वाट क्षमताको सोलार निशुल्क रुपमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिनुभयो ।
विद्युतिय उर्जाको अभावमा लामोसमय देखि समस्या झेलिरहेका विपन्न नागरिकले सोलार पाएपछि खुशीले दंग भएको अध्यक्ष शाहीले बताउनुभयो ।डोल्पा अहिलेसम्म पनि केन्द्रिय प्रशारण लाइनमा जोडिन सकेको छैन् ।