spot_img

स्थानीय निर्वाचनमा ५ अर्ब चार करोड खर्च

spot_img

काठमाडौं, हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च भएको छ। आयोगले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारबाट निकासा भएको ८ अर्ब ११ करोडमध्ये स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च भएको हो।उक्त खर्च २०७४ सालको स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको भन्दा कम रहेको आयोगले जनाएको छ। खर्चपछि बाँकी रहेको ३ अर्ब ६ करोड रुपैया नेपाल सरकारमा नै फिर्ता गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए।

स्थानीय निर्वाचनमा सचिवालयमा १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३ अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा ४ करोड ५० लाख रुपैयाँ खर्च भएको छ।निर्वाचनमा प्रतिमतदान केन्द्रमा २ लाख २९ हजार ५७८ रुपैयाँ र प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ। पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले एकै चरणमा निर्वाचन भएका कारण खर्च कटौतीमा ठूलो योगदान पुगेको बताए।

सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको भन्दै उनले आगामी मन्त्रीपरिषद बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्न सक्ने बताए। आगामी निर्वाचनको सम्पूर्ण तयारी समेत सुरु भइरहेको उनले जानकारी दिए। संघ र प्रदेशको निर्वाचन स्थानीय तह निर्वाचनभन्दा कम खर्चिलो हुन सक्ने उनको भनाइ छ।

उनले मतदाताका लागि अनलाइन नामावली दर्ता गर्ने काम सुरु गरिसकेको र आगामी निर्वाचनपछि देशैभर अनलाइन नाम दर्ता सुरु गरिने दावी गरे। त्यस्तै आयोगले स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा कांग्रेस पहिलो दल भएको जानकारी दिएको छ।आयोगको विवरणअनुसार कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ। त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img