काठमाडाैँ, सुन चाँदीको मुल्य फेरि बढ्न थालेको छ ।हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको मुल्य आज पनि तोलामा ८ सय रुपैयाँले नै बढेर ९५ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।