spot_img

माओवादी अध्यक्ष दाहाल एक हप्तापछि जापान जाने

spot_img

काठमाडाैँ, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक हप्तापछि जापान जाने भएका छन् । जापानमा त्रियाशील नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड २१ साउनमा जापान जान लागेका हुन् ।

माओवादी स्थायी समितिको आजको बैठकमा उनले आफू २१ साउनमा जापान जान लागेको जानकारी गराएका थिए । प्रचण्ड देशबाहिर जाने भएपछि स्थायी समिति बैठकले पूर्वनिर्धारित कार्यक्रमहरू हेरफेर गरेको छ ।

प्रदेश १ को बैठक २६ गते र लुम्बिनीको २९ गते बस्ने भएका छन् । मधेस प्रदेश समितिको बैठक भदौ २, सुदूरपश्चिमको ४, प्रवासको ६ र सम्पर्क मञ्चको ८ गते बैठक बस्ने भएका छन् । ती सबै बैठकमा प्रचण्ड सहभागी हुने भएकाले सारिएका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img