काठमाडौंः पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणबाट देशभर १५ जनाको मृत्यु भएको छ। नेपालमा यो एकैदिन मृत्यु भएको हालसम्मकै उच्च संख्या हो।यसअघि भदौ १४ गते १४ जना संक्रमितको मृत्यु भएको थियो।
योसँगै कोभिड संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३६० पुगेको छ। यही समयअवधिमा थप एक हजार १७० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। १५ हजार ३ सय ९३ संक्रिय संक्रमित संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
योसँगै ५५ हजार ३ सय २९ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ।
आइतवार एक हजार ३९ जनालाई संक्रमण देखिएको थियो भने ९ जनाको मृत्यु भएको थियो। शनिवार एक हजार २ सय १ तथा शुक्रवार १ हजार ४ सय ५४ जना संक्रमित थपिएका थिए। बिहीवार १ हजार २ सय ४६ जनामा संक्रमण देखिएको थियो।