spot_img

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै सुनको मूल्य घटेको जानकारी दिएको हो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ ।जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो ।

गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको थियो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो ।सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img