काठमाडौं, चिनियाँ दम्पतिलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन्।बुधबार राती लैनचौरबाट चिनियाँ दम्पतीलाई अपहरण गरी गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरुमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटेर लगेको उनीहरुमाथि आरोप छ।अपहरणमा परेका चिनियाँसँग एक करोड रुपैयाँ फिरौती समेत माग गरिएको बुझिएको प्रहरीले जनाएको छ।अपहरणमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै खोजि भइरहेको प्रहरीले जनाएको छ।