spot_img

अपमानित नाम सच्याउने व्यवस्था तुरुन्त गरियोस्, विश्वकर्मा

spot_img

काठमाडौँ, दलित समुदायका व्यक्तिका नागरिकताको नाम अपमानित रूपमा राखिएको भन्दै सांसद दुर्गाकुमारी विश्वकर्माले ती नाम सच्याउनका लागि सरकारसँग माग गरेकी छन् । सांसद विश्वकर्माले तत्काल गृह मन्त्रालयलाई ती नाम सच्याउने व्यवस्था गर्न माग गरिन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद विश्वकर्माले त्यसरी नागरिकता वितरण गर्ने कर्मचारीमाथि पनि प्रश्न उठाएकी थिइन् । ’कुनै पनि व्यक्तिको नाम लेख्दा, विशेष गरी दलित समुयादको नाम हो; खोप कार्डमा हेर्दा, नागरिकता, मतदाता नामावली, राष्ट्रिय परिचयपत्रमा हेर्दा; उहाँहरूको नाम कसरी लेखियो ? म दंग परेको छु । यो गम्भीर विषय छ र यसमा सरकारले ध्यानाकर्षण गर्नुपर्छ,’ उनले भनिन् ।

सम्बन्धित जिल्लालाई नागरिकताको नाम सच्याउने निर्देशन तुरुन्त दिनुपर्ने माग गर्दै उनले भनिन्‚ ‘यस्ता खालका नाम लेख्ने कर्मचारी कस्तो बेहोस अवस्थामा जानुभएको थियो ? यो विशेष गरी रुकुम र दैलेखमा देखिएको छ । तुरुन्त नेपाल सरकार र विशेष गरेर गृह मन्त्रालयले सम्बन्धित जिल्लामा ती व्यक्तिहरूको नाम सच्याउने व्यवस्था गरोस् ।’

नागरिकतालागयत सरकारी परिचयपत्रमा कसरी व्यवस्थापन गर्ने हो त्यो गर्नका लागि सांसद विश्वकर्माले सरकारलाई आग्रह गरेकी छन् ।दलितका नागरिकतामा फ्याउरो बादी, सिँगाने कामी, कुत्ता बादी, कुकुर्नी कमिनी, कुकुर कामी, रातो कामी, नौपुठे कामी, ढाले कामी, काली गासे, गोप्लो, लाटो, लुखुरी कामीलगायत राखिएको सार्वजनिक भएको थियो । त्यसको विरोध भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img