काठमाडौं, सांसद भीम रावलले न्यायपालिकाका, कार्यपालिका, व्यवस्थापिकामा कानुन मिच्ने प्रवृत्ति बढेर गएको बताएका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोगमाथि संसदमा छलफलमा भाग लिँदै सांसद रावलले राज्यका महत्वपूर्ण अंगहरुमा अनेक किसिमका विकृतिका थुप्रोहरु लाग्ने गरेको बताएका हुन् ।
उनले लथालिंगको देशको भताभुंग चाला भनेझैं राज्य प्रणालीमा विभिन्न विकृति देखिन थालेको बताए।देशका धेरै निकायमा विकृतिका चाङ छन् । न्यायालयको सर्वोच्च निकाय सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव अघि सारिएको कति समय भयो ? के कुरामा हेक्का राखिनुपथ्र्यो भने कस्तो राजनीतिक प्रकृयामा छौं र कुन चरणमा छौं ? देश आम निर्वाचनमा जाँदैछ । यस्तो स्थितिमा अत्यन्त संवेदनशील विषयलाई उठाइएको छ। ’
रावलले भने, ‘प्रधानन्यायाधीशमाथि उठेको विषय त यत्रतत्र सर्वत्र सुनेकै छौं । जुनसुकै व्यक्ति संविधान र कानुनभन्दा माथि हुँदैन । हामी कहाँ त न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकामा जतासुकै कानुन मिच्ने प्रवृत्तिहरु प्रवल भएर गएका छन् ।’तथ्यसंगत ढंगले समयमै निराकरण हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ। कुनै पनि विषयमा कुरा उठिसकेपछि संविधान, कानुन र तथ्यपरक ढंगले समाधान गरिनुपर्ने उनले बताए।