spot_img

सिन्धुपाल्चोकमा भूकम्पले झन् धेरै बढायो पहिरोको जोखिम

spot_img

काठमाडौ, बाढी पहिरोले थिलोथिलो बनाएको सिन्धुपाल्चोकमा बुधबार विहानै आएको भूकम्पले पहिरोको थप जोखिम बढाएको छ । त्यसै पनि भूक्षय र पहिरोको जोखिममा रहेको जिल्लामा विहान ५ः१९ मा गएको ६ रेक्टरस्केलको भूकम्पले हल्लाउँदा थप जोखिम बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता तथा डिएसपी प्रकाश सापकोटाले बताए ।

केही दिनअघि बाह्रबिसेमा गएको पहिरोको उद्धारका क्रममा पहिरो प्रभावित क्षेत्रमै रहेको जनाउँदै प्रवक्ता सापकोटाले नेपाल समयसँग भने, ‘त्यसै पनि अन्यभन्दा यो जिल्ला बाढी पहिरोको जोखिममा छ । त्यसमाथि जमिन बेस्सरी हल्लाएको छ, यसले त पहिरोको जोखिम झनै बढाइदिएको छ ।’

प्रवक्ता सापकोटाले विहानको भूकम्पबाट कुनै क्षति भएको विवरण भने नआएको बताए । उनले भने, ‘स्थानीय पालिकाका जनप्रतिनिधि, समाजका अन्य व्यक्ति, वर्गसँग बुझ्यौँ अहिलेसम्म त्यस्तो कुनै क्षति भएको सूचना आएको छैन । दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोमा परेर ७५ जनाले ज्यान गुमाइसकेको र करिब तीस जना मानिस अझै बेपत्ता रहेको पनि उनले स्मरण गराए ।

२०७२ को विनाशकारी भूकम्पले पनि भू–बनोटकै कारण सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img