काठमाडौं, मदन पुरस्कार गुठीले सर्वश्रेष्ठ सूचीमा परेका ८ पुस्तक छनौट गरेको छ ।मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि २ सय ९९ मध्ये ८ पुस्तकलाई सर्वश्रेष्ठ सूचीमा छानेको हो । छनौट भएका ८ मध्ये एक पुस्तकलाई २०७८ को सर्वश्रेष्ठ पुस्तकको रुपमा वर्ष पुरस्कार प्रदान गरिने छ ।
डा. नवराज लम्सालको अग्नि, सुजित मैनालीको सती ः इतिहास र मीमांसा, डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास,बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि , प्राध्यापक निलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, र पद्मसुन्दर जोशीको हिति प्रणाली मदन पुरस्कार–२०७८ का लागि छनौट भएको मदन पुरस्कार गुठिद्धारा जारी विज्ञिप्तमा उल्लेख छ।