spot_img

कर्णालीमा कार्चेनको कार्यकाल सकिदैँःडाेल्पाका सांसद विरवहादुर शाहीलाइ मन्त्री बनाउने माओवादीकाे अन्तिम तयारी

spot_img

काठमाडाैँ, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकल सकिएलगत्तै आज नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ। माओवादी भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पठाउने विषयमा दलको बैठकले निर्णय गर्ने प्रमुख सचेतक कृष्ण शाहले जानकारी दिइन्।

गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो। संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा आजबाट बिदा भएका हुन्।

शाही मन्त्री बन्दै

रिक्त रहेको ठाउँमा डोल्पाबाट निर्बाचित प्रदेशसभा सदस्य वीरबहादुर शाहीलाई मन्त्री बनाउने अन्तिम तयारी रहेको स्रोतले बताएको छ। ११ जना सांसद रहेको माओवादीमा दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित ७ जना मन्त्री भइसकेका छन्।

 यस्तै, पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन्। मन्त्री नभएका बाँकी कृष्णा शाह, रातो कामी पनि संसद्भित्र रहेका विषयगत समितिमा रहेका काम गरिरहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img