spot_img

राजेन्द्र महतो भन्छन्, ‘उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कुनै समस्या छैन

spot_img

काठमाडौँ,  लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन् ।मंगलबार संसद्‍बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनका लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए ।उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए । उनले जसपासँग सँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नका लागि कुनै कठिनाइ नरहेको बताए ।

‘हामी चुनावको तयारीमा लागिसकेका छौँ । गठबन्धनको सवाल पनि उठिरहेको छ ।तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ । छैटौं दलको रूपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ,’ उनले भने । नागरिकताका मुद्दा सम्बोधन गरेकाले सरकारलाई सहयोग गर्न लागेको उनको भनाइ थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img