spot_img

लामो दुरीको यातायात आजबाट सञ्चालनमा,उपत्यकामा भने जोरबिजोर कायमै

spot_img

काठमाडौँ, आजदेखि सरकारले ६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन खुल्ने भएका छन् । मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन् । सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ ।

गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।
काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली नहट्ने भएको छ । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् । सोही अनुसार कार्यालयहरुले आदेश जारी समेत गरेका छन् । अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु हुने छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img