spot_img

भगवान वेदव्यासले तपस्या गरेको भुमि डाेल्पाकाे ब्यासऋखिमा स्थानीय तीर्थयात्रीकाे लस्करःप्रचारप्रसारकाे अभावमा ओझेलमा

spot_img

बुदराम कुलाल,डोल्पा

भगवान वेदव्यासले तपस्या गरेकाे मान्यता रहदैँ अाएकाे डाेल्पाकाे ब्यासऋखि तिर्थस्थलमा स्थानीय तिर्थयात्रीकाे घुँइचाे नै लाग्ने गरेकाे छ । विशेष गरी जिल्ला देखि अन्य जिल्लाबाट समेत तिर्थालुहरू साउनकाे महिनामा ब्यासऋखिमा तिर्थ जाने गर्दछन् । करिव ३ हजार मिटरकाे उचाइमा रहेकाे पवित्र यस तिर्थस्थलमा भगवान वेदव्यासले तपस्था गरेकाे भुमी अर्थात ऋषिहरूकाे तपाेभुमी समेत भएकाे पुरानाे धार्मीक मान्यता रहदैँ अाएकाे छ ।

धार्मिकस्थल व्यासऋखिमा पनि मन्दीर,धर्मशाला र १ सय ८ धारा निर्माण गरिएको छ । याे डाेल्पाकाे काइके गाउँपालिकाकाे वडा नम्वर ६ र ७ मा पर्ने गरेकाे छ । भगवान वेदव्यासले तपस्या गरेको भुमि भएकाले व्यासऋषि अर्थात ऋषिहरूको तपोभुमि भन्ने किम्बदंन्ति रहेको काइके गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । वर्षेनि सयौँ तीर्थयात्रीहरू व्यासऋषिमा मनोकामना पुरा हुने विश्वासका साथ दर्शनकै लागि आउँने गर्छन् ।

पर्यटनको प्रचुर सम्भावना बोकेको चर्चित तीर्थस्थलको स्तररोन्नतिमा प्रदेश सरकारले विशेष सहयोग गरेको अध्यक्ष रोकायाले बताए । प्रदेश सरकारको उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालयको ८० लाख बजेट सहयोगमा र संघको २० लाख सहयोगमा मन्दीर निर्माण गरिएको छ,१ सय ८ धारा समेत निर्माण भएका छन् भने धर्मशाला समेत निर्माण गरिएको वडा नम्वर ७ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । पदमार्ग निर्माणका लागि विशेष पहल भइरहेको उनको भनाइ छ ।

प्रचार प्रसारकाे अभावमा ओझेलमा

एेतिहासीक धार्मीकस्थल व्यासऋखिमा स्थानीय स्तरका तीर्थालुहरूकाे घुँइचाे नै लाग्ने गरेकाे भए पनि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा भने प्रचार प्रसारकाे अभाव देखिएकाे छ । पवित्र धार्मीक स्थलकाे प्रचार प्रसार गर्न सके जिल्लाकै नमुना पर्यटकिय गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img