spot_img

रूकुम पूर्वमा नेपाल प्रहरी र सशस्त्रका डिएसपी सवार प्रहरी भ्यान दुर्घटना,१ जनाकाे मृत्यु

spot_img

रुकुम पूर्व, पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ सेरामा नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिएसपी सवार प्रहरीको भ्यान दुर्घटनामा परेको छ । जिल्ला सदरमुकाम रुकुमकोटबाट तकसेरा तर्फ जाँदै गरेको नेपाल प्रहरीको भ्यान सेरा गाउँ नजिकै शनिबार बिहान पौने ११ बजेतिर दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मृतकको नाम खुलेको छैन् ।

दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र शसस्त्र प्रहरीका डिएसपी सहित ३ जना प्रहरी जवान तथा गाडी चालक घाईते भएको पुथाउत्तरगंगा गाउँकार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले जानकारी दिनुभयो । घाईते मध्य केहीको अवस्था गम्भिर रहेको र दुवै डिएसपीको अवस्था भने सामान्य रहेको उहाँले बताउनुभयो ।

घटनाको थप विवरण आउँन बाँकी रहेको छ । घाईतेहरुलाई थप उपचारका लागि लिन सुर्खेतबाट हेलिकोप्टर मगाईएको छ । गाडि सडकबाट करिब १ सय मिटर तल खसेको बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img