सुर्खेत,कर्णाली प्रदेशका नव नियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका वीरबहादुर शाहीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज ११ बजे प्रदेश प्रमुख तिलक परियारले मन्त्री शाहीलाई सपथ खुवाउनु भएको हो ।
नव नियुक्त मन्त्री शाहीले मन्त्रीमा सिफारिस गरेकोमा जिल्ला पार्टीका नेता कार्यकर्ता,प्रदेश पार्टीका नेता र पार्टीको मुल नेतृत्वलाइ धन्यवाद दिए ।
आफ्नो कार्यकालमा डोल्पा लगायत समग्र कर्णाली प्रदेशको विकासमा दत्तचित्त भएर लाग्ने मन्त्री शाहीले इमान्दार खवरलाइ बताउनु भयो । जनताले प्रत्याभूत गर्नी गरि विकासी काम,बजेटको कार्यन्वयन र राम्रा कामहरुको निरन्तरता दिने मन्त्री शाहीको भनाइ छ ।



















