spot_img

बाख्रालाई ठक्कर दिएपछि सिसडोलवासीले रोके फोहोर बोकेको गाडी

spot_img

काठमाडौं, गाडीले ठक्कर दिएर बाख्रा मरेको भन्दै बञ्चरेडाँडामा स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन्।काठमाडौं उपत्यकाको फोहोर लाने बन्चरेडाँडाको बाटोमा बाख्रा मरेपछि फोहोरको गाडी रोकिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

उनका अनुसार बाख्रा मरेपछि फोहोर बोकेको गाडी बन्चरेडाँडा पु¥याउन स्थानीयले अवरोध गरेका हुन्।‘काबेरी गाउँमा बाख्रा मरेको रहेछ,’ उनले भने, ‘बाख्रा आफैं मरेको हो कि गाडीले हानेको हो, त्यो पुष्टी भइसकेको छैन।’काठमाडौं उपत्यकाको फोहोर शनिबारदेखि पुनः उठ्न सुरू भएको थियो। तर आइतबार फेरि बन्चरेडाँडामा फोहोरको गाडीले हानी बाख्रा मरेको भन्दै काबेरी गाउँका पीडितहरूले बाटो अवरोध गरेका हुन्।

पीडितहरूले क्षतिपूर्ति माग गरेको जनाइएको छ।

बालेनले आजैदेखि संख्या बढाएर दैनिक २५० देखि ३५० वटासम्म फोहोर बोकेका गाडी बञ्चरे पु¥याउने बताएका थिए। तर बिहान पनि केही अज्ञात समूहले समेत फोहोर फाल्न अवरोध पु¥याएको महानगरले‍ जनाएको छ।तारेकश्वर नगरपालिका–३ का अध्यक्ष पर्शुराम अर्यालकाअनुसार गएराति अज्ञात समूहले तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा करिब ३ ट्रक फोहोर फालेका थिए।

‘पानीको मुहानमा फोहोर फालिएको भन्दै स्थानीयले बिहान सडक अवरूद्ध गरेका थिए,’ उनले भने, ‘प्रहरीसँग समन्वय गरेर दोषी पत्ता लगाउने भनेर स्थानीयलाई सम्झाएपछि अवरोध खुलेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img