spot_img

क्यान्सर पीडित गायिका घिमिरेको निधन

spot_img

काठमाडौं, गायिका स्मिता घिमिरेको निधन भएको छ। तीन वर्षदेखि क्यान्सरसँग जुझिरहेकी उनको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार साँझ निधन भएको हो ।

सोमबार साँझ नै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उनलाई बोनम्यारोको क्यान्सरबाट भएको थियो।स्मिताले ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ ’के भो आज भोलि ’ लगायत थुप्रै नेपाली गीतहरु गाएकी छन्। केही महिना अघि उपन्यास ‘हराएको मुस्कान’समेत सार्वजनिक गरेर साहित्यमा पनि कदम बढाएकी थिइन्।

स्मिता भूपू प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र सबिता अर्यालकी छोरी हुन्। करिव दुई दशकअघि क्यान्सरबाट उनकी आमाको पनि मृत्यु भएको थियो। उनको पहिलो एल्बम ‘स्मि’ हो। उनले मनोविज्ञान र नेपालीमा स्नातक गरेकी थिइन्। उनलाई करिव साढे दुई वर्षअघि देब्रे स्तनमा पनि क्यान्सर देखिएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img