spot_img

बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गर्‍याे

spot_img

काठमाडौं, काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडामा गएका ट्रकलाई स्थानीयले रोकेका छन् । स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ ।स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए ।

बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएका हुन् । त्यसपछि प्रहरीले हवाई फायर गरेको थियो ।झडपपछि फोहोर विसर्जनको काम रोकिएको छ । स्थितिलाई नियन्त्रणमा लिएर फोहोर बिसर्जन सुचारु गराइने एसपी मैनालीले बताए । सो क्षेत्रमा नुवाकोट र काठमाडौंका प्रहरी खटिएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img