spot_img

कर्णालीका पर्यटन मन्त्री वीरवहादुर शाहीकाे राजनीतिक यात्राः माओवादीको भुमिगत सदस्य देखि मन्त्रीसम्मकाे उतार चढाव !

spot_img

सुर्खेत,कर्णाली प्रदेश सरकारले २९ गते आइतबार मन्त्रीमण्डर विस्तार गरेकाे छ । लामाे समय देखि मन्त्रीको लागि शुभ साइत पर्खेका डोल्पाका सांसद वीरवहादुर शाही अन्तत प्रदेशकाे उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएकाे छ । नव नियुक्त मन्त्री शाहीले मन्त्रीमा सिफारिस गरेकोमा जिल्ला पार्टीका नेता कार्यकर्ता,प्रदेश पार्टीका नेता र पार्टीको मुल नेतृत्वलाइ धन्यवाद दिनुभएकाे छ ।

आफ्नो कार्यकालमा डोल्पा लगायत समग्र कर्णाली प्रदेशको विकासमा दत्तचित्त भएर लाग्ने मन्त्री शाहीकाे भनाइ छ। जनताले प्रत्याभूत गर्नी गरि विकासी काम,बजेटको कार्यन्वयन र राम्रा कामहरुको निरन्तरता दिने मन्त्री शाहीको दावी छ ।

वीर बहादुरको विरताको कथा

हुन त उनको राजनीतिक इतिहास धेरै लामो भने छैन । राजनीतिक जीवन लामो नभए पनि शाहीका जीवनका उतार चढाव भने कम छैनन् । डोल्पा टेकेर उनी कर्णालीकै जग मजबुत बनाउन चाहन्छन् । सानै उमेरमा टुहुरो हुनुको पीडाले उनलाई खुसीमा नमातिन र दुखमा नआतिन सिकायो । जीवन जिउने क्रममा उनले सवैभन्दा पहिला ठेक्कापट्टा रोजे । व्यवसायमा लाग्दा उनको सम्पति भनेको हिम्मत बाहेक अरु केही थिएन । त्यही हिम्मत पूँजी बनाएर अघि बढ्दा आफूलाई सफल व्यवसायी प्रमाणित गरे । यसले मात्र उनको भोक मर्ने अवस्था थिएन । उनी समाजसेवी भएर फक्रिन चाहान्थे । त्यसको लागि राजनीति फराकिलो बाटो थियो । धेरैले आमन्त्रण गरे तर अन्तिममा माओवादी शाहीको रोजाइमा प¥यो । अहिले यात्रा जारी छ । तर गन्तव्य फेला परिसकेको छैन ।

माओवादी जनयुद्धमा रहँदा उनले राम्रै आर्थिक भरथेग दिएका थिए । अच्चम त के भने गोप्य हिसाबले उनी २०५५ सालदेखि माओवादीको संगठित सदस्य थिए । उनलाई सदस्यता दिने नैनसिंह पहाडीहरू पनि नेतृत्वमा नै छन । उनिहरू वीर वहादुर त्यतिकै यहाँसम्म नपुगेको बताउँछन् । पहाडीले भने जस्तै उनी माओवादीका आर्थिक सल्लाहकार मात्र नभएर भरलाग्दो खम्बा थिए । हुन त आलोकहरुले उनलाई टपक्क टिपेर ल्याएको टिप्पणी पनि गर्छन ।

तर पत्थरको जवाफ फूल दिएजस्तै शाहीले आलोचनाको बदला कामले चुकाएका छन् । शाहीको प्रतिवद्धता छ– म हिजो माओावादी, आज माओवादी र भोलि पनि माओवादी रहनेछु । डोल्पालाई लालकिल्ला बनाउने उनको भीष्म प्रतिज्ञा छ । पछिल्लो समय कर्णाली प्रदेशमा कामकाजी सांसदको विशेषण पाएका शाही कुरा कम, काम बढी गर्न रुचाउँछन् ।

जनताको दुखसंग सुख साटने आदत बनेको छ । डोल्पासंग माटो र मुटुको साइनो जोडिएको ठान्ने उनी नाभी गाडिएको ठाउँलाई न्याय दिलाउने संकल्प गर्छन । शाहीको कामले स्थानीय प्रफुल्ल छन् । सडक, भवन, घेराबार, सिंचाईलगायतका जनताका जनजीविकासंग जोडिएका काममा उनको प्राथमिकता छ । जनताका गुनासा सुन्न घर, घर बस्ती-बस्ती पुग्ने शाही योजनासंगै जनभावनाको संबोधन गर्ने बताउँछन् ।

कुशे न्युजकाे सहयाेगमा तयार पारिएकाे विशेष रिपाेर्ट

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!