spot_img

हिल्सा नाका बन्द भएपछि उत्तरी हुम्लामा खाद्य संकट

spot_img

सिमकोट,चीनसँग सिमाना जोडिएको उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका लागि एक हजार क्वीन्टल खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पठाउने भएको छ।

दैनिक उपभोग्य बस्तु देखि लत्ताकपडा सबै चीनसँग निर्भर रहँदै आएको नाम्खा गाउँपालिकाले कोरोना संक्रमणपछि चीनसँगको नाका बन्द हुँदा खाद्यान्नको समस्या भोग्दै आएको छ।

वडा नम्बर १ का अध्यक्ष प्रेम बहादुर लामाले नाम्खा गाउँपालिकामा खाद्यान्न अपुग हुने संभावना बढेपछि खाद्यान्न माग गरिएको बताए ।

गाउँपालिकाका सबै बासिन्दाहरु खाद्यान्न, लत्ता कपडा र विकास निर्माणका सामानहरु चीनको बुराङ काउण्टीको ताक्लाकोटमा निर्भर रहँदै आएकोमा कोरोना कहरका कारण अहिले चीनसँगको हिल्सा नाका बन्द हुँदा यी सामग्रीको समस्या भएको हो ।

आफ्नै उत्पादनले कमै समय खाना पुग्ने र चीनबाट सामान आयात नभएपछि नाम्खा गाउँपालिकामा खाद्यान्न समस्या भएको हो । लिमिटेडको सिमकोट शाखा प्रमुख राम बहादुर बिष्टले गाउँपालिकाको माग केन्द्रमा बढाउँदा लिमिटेड एक हजार क्वीन्टल खाद्यान्न तत्काल हवाई मार्गबाट ढुवानी गर्ने निर्णयमा पुगेको बताए ।

ढुवानीको लागि टेण्डर हुँदा सप्लार्यस समेत छनौट भएको र अब एक हप्तामा नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु हुने भएको छ । हवाई मार्गबाट ढुवानी भएको खाद्यान्न नाम्खा गाउँपालिकामा भने पैदल मार्गबाट ढुवानी हुनेछ ।

खाद्यान्न समस्या देखिएपछि नाम्खा गाउँपालिका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको सिमकोट शाखाबाट एक हजार क्वीन्टल खाद्यान्न पठाइएको छ ।

शाखा प्रमुख बिष्टले जिल्लाबाट उपलब्ध भएको खाद्यान्न प्रतिघरधुरी ९० केजी वितरण गरिएको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img