spot_img

नागरिकताविहीनहरुका लागि नागरिकता विधेयक ल्याइएको हो, गृहमन्त्री खाँड

spot_img

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाडले नागरिकताविहीनहरुका लागि नागरिकता विधेयक ल्याइएको बताएका छन्।बिहीबारको प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक २०७९ माथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाडले यस्तोबताएका हुन्।उनले भने,’ नागरिकता विधेयकबारेमा चर्चापरिचर्चा चलेपनि नागरिकता नपाएका आम नेपालीलाई उपलब्ध गराउन नागरिकता विधेयक २०७९ ल्याइएको हो।’

उनले आमा बाबु नेपाली नागरिक भएपनि तिनका सन्ततीले नागरिकता नपाएको बताए।अंगीकृत र जन्मसिद्धका आधारमा नागरिकता नपाएकालाई नागरिकता उपलब्ध गराउनु सरकारको कर्तव्य रहेको उनको भनाइ छ।उनले नागरिकता ऐेन २०६३ मा अंगीकृत र जन्मसिद्धका आधारमा नागरिकता उपलब्ध गराउने व्यवस्था संशोधन गर्न नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक ल्याएको बताए।

यस्तै मन्त्री खाडले नेपाली नागरिक जसले नागरिकता पाएका छैनन् उनीहरुलाई नागरिकता उपलब्ध गराउन प्रकृयागत रुपमा विधेयक ल्याएर कानुन निर्माण गर्नु सरकारको दायित्व रहेको बताए।राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ जस्ताको त्यस्तै पास गर्ने तयारी गरिएको छ।संसदका दुवै सदनबाट पास भइसकेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए।

तर ,राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद‍्बाट पुनःविचार हुन आवश्यक देखिएकाले संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम १५ बुँदे सन्देशसहित साउन २९ गते साँझ प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img