spot_img

सुर्खेतबाट कर्णालीका दुर्गमका जिल्लाहरूमा हवाइ उडान शुरू गर्ने तयारीमा छाैँःकर्णालीका पर्यटन मन्त्री शाही

spot_img

भु -जलाधार कार्यलय अव डाेल्पा,हुम्ला र सल्यानमा विस्तार हुने

काठमाडाैँ,कर्णाली प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री वीरवहादुर शाहीले प्रदेश राजधानी सुर्खेतबाट साविक कर्णाली अञ्चलका विकट जिल्लाहरू हुम्ला,डाेल्पा,जुम्ला,हुम्ला र कालिकाेट लगाएतका स्थानमा हवाइ उडान शुरू गर्ने तयारीमा मन्त्रालय अगाढि बढेकाे बताउनु भयाे ।

शनिवार काठमाडाैँमा माओवादी केन्द्रकाे डाेल्पा काठमाडाैँ सम्पर्क समन्वय समितिले नव नियुक्त मन्त्री शाहीलाइ बधाइ तथा शुभकामना कार्यक्रममा बाेल्दै उहाँले मन्त्रालयले साे तयारी थालेकाे जानकारि दिनुभयाे । यस्तै मन्त्रालयले भु-जलाधार कार्यलय सुर्खेत र जुम्लामा मात्रै थियाे हाल यसलाइ विस्तार गरेर डाेल्पा,हुम्ला र सल्यानमा विस्तार गरिएकाे समेत उहाँले जानकारि दिनुभयाे ।

कार्यक्रममा पूर्व मन्त्री तथा केन्द्रीय सदस्य सत्या पहाडीले जनअपेक्षा अनुसारकाे काम गर्न सुझाव मन्त्री शाहीलाइ दिनुभयाे । डाेल्पामा पार्टी बलियाे हुँदै गएकाे अवस्थामा जनअपेक्षा अनुसारकाे काम गरे अझ बलियाे हुने उहाँकाे सुझाव थियाे ।

यस्तै कार्यक्रममा डाेल्पा जिल्ला पार्टी इन्चार्ज तथा केन्द्रीय सदस्य रामलाल विश्वकर्माले जिल्लाका नेता देखि पार्टीका सबै नेताकार्यकर्तामा खुशि र उत्साह देखिएकाे भन्दै नयाँ चुनाैँति पनि थपिएकाेले मन्त्री शाहीलाइ छाेटाे समयमा राम्रा कामहरूले जनताकाे मन जित्न सुझाव दिनुभयाे ।

मन्त्रीकाे बधाइ कार्यक्रममा पार्टीका नेता कार्यकर्ताकाे ठुलाे उपस्थिति रहेकाे थियाे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img