spot_img

सासु कुटेको आरोपमा २ बुहारी पक्राउ

spot_img

 अछाम, अछाममा अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।पञ्चदेवल विनायक नगरपालिका– ६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।‘हामीले सामाजिक सञ्जालमा भिडियो देखेपछि घटनाको अनुसन्धान थालेका थियौँ । त्यो भिडियो पञ्चदेवल विनायक नगरपालिका– ६ की महिलामाथि उनकै बुहारीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको रहेछ भन्ने खुलेको छ,’ प्रहरी निरीक्षक विष्टले भने, ‘अहिले जिल्लाबाट खटाइएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला ल्याएपछि थप कुरा खुल्नेछ ।’

प्रहरीका अनुसार सासुमाथि कुटपिट गर्ने बुहारीहरुको नाम भने खुलेको छैन । सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै लछारपछार गरेको देखिन्छ भने उनले ‘ओ मेरा बाबै’ भन्दै चिच्याएको सुनिन्छ ।स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी न्यौपाने बोल्न सक्दैनन् । उनका श्रीमान्‌ चुडामणि न्यौपाने अपाङ्ग भएको बुझिए पनि विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img