काठमाडौँ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको प्रभावलाई लिएर केपी ओली नेतृत्वको नेकपा एमाले सबैभन्दा धेरै आत्तिएको बताएका छन् । उनले पार्टी स्थापनाको एक वर्षमात्रै भए पनि राष्ट्रिय राजनीतिमा पार्टीको भिन्न महत्त्वको हैसियत रहेको बताए ।
‘हाम्रो पार्टी स्थापनाको एक वर्षमात्रै भयो । तर राष्ट्रिय राजनीतिमा हाम्रो छुट्टै हैसियत बनेको छ,’ सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, ‘गठबन्धनमा पनि हाम्रो भूमिका महत्त्वपूर्ण छ । त्योसँगै आगामी चुनावलाई लिएर सबैभन्दा धेरै त ओली गुट आत्तिएको छ ।’अध्यक्ष नेपालले पार्टीले आगामी निर्वाचनमा समाुनपातिक तर्फ भएपनि राम्रो सिट संख्या पाउने दाबी गरे ।
‘स्थानीय तहमा हाम्रो पार्टर्लीे २७ प्रतिशत उम्मेदवार खडा गर्दा हामीले ९ लाख २७ हजार मत पायौँ । यदि हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए हामीले १५ देखि २० लाख मत पाउने निश्चित थियो,’ उनले भने, ‘त्यसैले आगामी निर्वाचनमा हामीले समानुपातिक तर्फ नै भए पनि हामीले सन्तोषजनक सीट पाउने निश्चित छ । आत्तिनुपर्ने अवस्था छैन ।