spot_img

पुलकाे विषयमा वडाअध्यक्ष भन्छन् ः”वन समितिले घाँस जाेगाउन गरेकाे निर्णय हाे,साइवर स्यालहरूले गलत प्रचार गरे”

spot_img

डाेल्पा, केहि दिन यता डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर १,३,४ र ९ जाेड्ने झुलुङ्गे पुलमा वडाले पुलमा ढुङ्गा लगाएर बन्ध गराएकाे भन्दै तस्वीर सामाजिक सञ्जालमा छ्यापछ्यापति बनाइयाे । स्थानीय केशर बुढाले फाेटाे सहित जनप्रतिनिधीकाे अादेशमा पुल बन्द गर्ने काम गरेकाे सामाजिक सञ्जालमा पाेष्ट गरेका थिए । यस विषयमा इमान्दार खवरले चासाे लिएर वडा नम्वर ४ का अध्यक्ष रंजित बुढालाइ प्रश्न गरेकाे छ । 

तपाइले पुल किन बन्द गर्नुभयाे भन्ने प्रश्नमा पुल बन्द वडाले नभइ सामुदायीक वन उपभाेक्ता समितिले गरेकाे बताए । असाेजसम्म समुदायका सबै पशुवस्तु लेकमा लगेकाेले वाहिरका पशुवस्तुले समुदायीक वनकाे घाँस खाने गरेकाे भन्दै समितिले बन्द गराएकाे हाे । वनमा बाहिरका खच्चड र घाेडा,गाइवस्तु छाेड्ने गरेकाेले राेक लगाएकाे त्याे पनि समितिले गरेकाे बुढाकाे दावी छ ।

 त्याे पुल खाशै मान्छे हिड्नका लागि पनि त्यति प्रयाेग नहुने गरेकाे र समुदायले गरेकाे निर्णयमा केहि साइवर स्यालहरूले सामाजिक सञ्जालमा गलत प्रचार गरेकाे वडा अध्यक्ष बुढाकाे अाराेपछ । समुदायकाे निर्णयमा अाफु सहमत भएकाे तर पुलमा पर्खाल लगाउने निर्णय समितिले गरेकाे उहाँकाे भनाइ छ ।

तस्वीरः सामाजिक सञ्जालबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img