spot_img

निर्वाचन आचारसंहिता, मतदानको १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा र घरदैलो

spot_img

काठमाडाैँ, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । सोमबार राजपत्रमा प्रकाशित आचारसंहितामा मतदानको १७ दिनअघिदेखि मात्र प्रचारप्रसारका लागि जुलुस, आमसभा, कोणसभा र घरदैलो गर्न मिल्ने उल्लेख छ । उल्लंघन गर्नेे उम्मेदवारलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारीसमेत रद्द गर्न सक्नेछ । आयोगले निर्णय गरेपछि आचारसंहिता लागू हुनेछ ।

चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डा बोक्न अनुमति दिएको छ भने भारतीय नम्बरप्लेटका सवारी प्रयोगमा रोक लगाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार स्थानीय तह निर्वाचनको आचारसंहितामा देखिएका कमजोरीलाई सुधार गरेर र दलहरूसँगको छलफलबाट प्राप्त सुझावलाई समेटेर आचारसंहिता तयार गरिएको छ । ‘सार्वजनिक जानकारीका लागि आचारसंहिता राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । अब आयोगले निर्णय गरेर कार्यान्वयनमा ल्याउनेछ,’ अधिवक्ता अर्यालले भने, ‘आचारसंहिता सबैलाई लागू हुन्छ राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचनमा खटिने कर्मचारीलगायत सबैलाई लागू हुनेछ । आचारसंहिता लागू भएपछि यसले वर्जित गरेका गतिविधिमा रोक लाग्नेछ ।’अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img