spot_img

महाभियोग निष्क्रिय भइसक्यो, संसद्को सम्मानका लागि मात्रै आएँ,चोलेन्द्रशमशेर जबरा

spot_img

काठमाडाैँ, निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध संसदमा दर्ता भएको महाभियोग निष्क्रिय भइसकेको बताएका छन्। महाभियोग सिफारिस समितिलाई बयानका क्रममा जबराले संसद्को सम्मानका लागि मात्रै आफू समितिमा उपस्थित भएको जवाफ दिए।

‘महाभियोग स्वतः निष्क्रिय भइसकेको छ। म नागरिकको रूपमा संसद्को सम्मानका लागि मात्रै आएको हुँ,’ उनले भने। प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई नै कमजोर बनाउन खोजिएको भन्दै उनले आफूले पार्टी र मिडियाको दबाबमा काम नगरेको जिकिर गरे।

आफूपछाडिका दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग लगाइएको दाबी गर्दै जबराले आफूलाई राजीनामा दिन पटकपटक दबाब आएको बताए। ‘म पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको छ। त्यसका लागि मलाई महाभियोग लगाइयो। मकहाँ पनि तीन–चारवटा आएको थियो। मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हुँ,’ उनले भने, ‘दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन गरिएको हो।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img