spot_img

डाेल्पा एमालेकाे राजनीतिमा ओलीकाे ठाडाे हस्तक्षेपः”संघमा बलियाे उम्मेदवारकाे खाेजी,पूर्व मेयर शाहीलाइ संघमा लडाउने तयारी”

spot_img

डाेल्पामा विरासत फर्काउने दाउमा एमाले

काठमाडाैँ,विहिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले डोल्पाकाे ठुलीभेरी नगरपालिकाका पूर्व नगर प्रमुख गणेश बहादुर शाही सहित दर्जन बढि नेता कार्यक्रतालाइ एमालेमा प्रवेश गराएका छन्। एमाले अध्यक्ष ओली निजी निवास वालकोटमा एक कार्यक्रमका विच समाजवादीका नेता कार्यकर्तालाइ एमाले प्रवेश गराएका हुन् ।

समाजवादी पार्टीका कर्णाली प्रदेश सदस्य रहेका शाही एमालेमा एकाएक प्रवेश गर्नुलाइ अर्थपूर्ण तरिकाले हेरिएकाे छ । नेता शाहीले पछिल्लाे समय एमाले जान केन्द्रीय नेताहरूसँगकाे व्यापक छलफल पछि जिल्ला पार्टीसँग समन्वय गरेर अाज पार्टी प्रवेश गरेका हुन् । एमालेकाे केन्द्रीय नेतृत्व आसन्न निर्वाचनका लागि संघमा बलियाे डाेल्पाबाट उम्मेदवारमा खाेजीमा रहेकाे थियाे ।

प्रदेश “क”बाट जिल्ला पार्टी अध्यक्ष शेरवहादुर बुढा र “ख”बाट पार्टी जिल्ला इन्चार्ज वदमि बुढा बढिया उम्मेदवारका रूपमा देखिए पनि संघमा बलियाे उम्मेदवार थिएन । त्यसाेत केहि समय पहिले जिल्लाका नेताकार्यकर्ता समाजवादीका सांसद धनवहादुर बुढालाइ एमालेमै फर्काउन पहल पनि गरेका थिए तर पार्टी अध्यक्ष ओलीले खासै चासाे दिएनन् । एमालेबाट जितेर कांग्रेसलाइ भाेट हाल्नेकाे विश्वास नभएकाे बताएपछि जिल्लाका नेता कार्यकर्ता फर्किए । अहिले शाहीलाइ संघिय चुनावमा शाहीलाइ एमालेले प्रतिनिधिसभा सदस्यमा उठाउँने प्रवल सम्भावना देखिएकाे बालकाेट निकट एक नेताले जानकारि दिए।

तर शाहीले इमान्दार खवरलाइ भने भर्खरै पार्टी प्रवेश भएकाे छ,टिकट पाउने नपाउने पछिकाे कुरा भएकाे बताए । यस्तै पार्टी इन्चार्ज वदमि वाेहाेराले जिल्ला पार्टीसँगै समन्वय गरेर उहाँहरू पार्टीमा प्रवेश गर्नुभयाे हाम्रा लागि राम्राे कुरा हाे । अव चुनावमा कसले टिकट पाउने विषय छलफलकाे विषय हाे । अव हामी चाँडै छलफल जिल्ला गएर गर्दैछाैँ ।

गत संघ र प्रदेशकाे चुनावमा तत्कालिन नेकपा बलियाे देखिएकाे डाेल्पामा नेकपा विभाजनसँगै कम्युनिष्ट कमजाेर देखिए । पछि फेरि एमाले फुटेर समाजवादी बनेपछि एमाले जिल्लामा आधा जस्ताे बनेकाे थियाे । आसन्न संघ र प्रदेशकाे चुनावमा गुमेकाे विरासत फर्काउने दाउमा एमालेकाे केन्द्रीय नेतृत्वकाे छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!