काठमाडौं,संसदको महाभियोग सिफारिस समितिले आइतबार पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिएको छ।सिंहदरबारमा जबरासँग एक घन्टा लिइएको बयानमा समिति सदस्यहरूले पाँच वटा प्रश्न सोधेका थिए।ती प्रश्नमा सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा जबराको इजलासले गरेको फैसलाबारे पनि सोधिएको थियो।समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले उक्त प्रश्नमा जबराले आफूले विवेक प्रयोग गरेको जवाफ दिएको जानकारी दिए।
‘मैले रञ्जनको परिवारको बयान सुनेपछि त्यसबाट प्रभावित भएर कैद घटाउने निर्णय गरेको हो। मैले विवेक प्रयोग गरें। यदि त्यही मुद्दाका कारणले महाअभियोग लाग्ने हो भने मेरो भन्नु केही छैन,’ जबराको जवाफ उद्धृत गर्दै सांसद विश्वकर्माले भने।समितिले जबरालाई सोध्ने भनेर ४३ वटा प्रश्न तयार पारेको छ।बाँकी प्रश्नहरूबारे बयान लिन जबरालाई भदौ २६८ गते फेरि बोलाइएको छ।