spot_img

पर्यटन मन्त्रीलाई दुर्व्यवहार गरेको भन्दै छाया सेन्टरका सुरक्षा गार्ड पक्राउ

spot_img

काठमाडाैँ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा ठमेलको छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङ पक्राउ परेका छन् ।छाया सेन्टरमा रहेको भिसा सेन्टरमा एक कामले पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षा गार्डले भित्र छिर्न नदिएको र मन्त्रीका सुरक्षा गार्ड तथा सहयोगीले ‘उहाँ मन्त्री हो’ भनेर चिनाउँदासमेत दुर्व्यवहार गरेकाले पक्राउ गरिएको प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिनुभयो ।

‘सहयोगीले उहाँ मन्त्री हो, प्रक्रिया पु¥याएर आएका छौँ, भित्र जान दिनुहोस् भन्दा पनि सुरक्षा गार्डले मुख छाड्ने तथा अभद्र व्यवहार गरेका रहेछन्’, डीएसपी चुडालले भन्नुभयो । मन्त्रीलाई दुर्व्यवहार भएपछि उहाँको तर्फबाट प्रहरीमा उजुरी परेको र पक्राउ गरेर वृत्तमा ल्याइएको उहाँले बताउनुभयो । पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारको मुद्दामा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान गरिने चुडालले जानकारी दिनुभयो ।

‘मन्त्री के कति कामले छाया सेन्टर जानुभएको भन्ने खुलेको छैन, त्यहाँ विभिन्न देशमा जानका लागि भिसा सेन्टरसमेत रहेकाले भिसाको कामले गएको हुन सक्छ’, डीएसपी कोपिला चुडालले भन्नुभयो ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!