डाेल्पा,आसन्न मंसिर ४ मा हुने संघीय र प्रदेश सभा निर्वाचनकाे राैंनक मुलुकभर बढेकाे छ । विशेष गरि उम्मेदवार छनाैंटकाे काममै सबैदल लागिरहेका छन् । यसैविच हिमाली जिल्ला डाेल्पामा पनि राजनीतिक दलहरूले उम्मेदवार छनाेटका काम करिव करिव सक्काएका छन् । प्रमुख राजनीतिक दलहरू नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र ),नेपाली कांग्रेस,नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले उम्मेदवार सिफारिसकाे काम टुङ्ग्याएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले केन्द्रिय प्रतिनिधि सभा प्रत्यक्ष तर्फ मालबहादुर रोकाया,दिलबहादुर विष्ट र विरेन्द्रकुमार डाँगीलाई उम्मेदवारका लागि सिफारिस गरेको छ । समानुपातिक तर्फ.कालि चलाउने,भिमा केसी वन्जारा र नैनसिंह विकलाई सिफारिस गरेको छ ।
यसै प्रदेशसभा (क) क्षेत्र नम्वरका लागि प्रत्यक्षतर्फ धन प्रसाद कार्कीलाइ सिफारिस गरेकाे छ भने (ख) क्षेत्रका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेश सरकारका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री वीरबहादुर शाही र चन्द्रमान रोकाया सफिरिस गरेकाे। प्रदेशसभा समानुपातिक तर्फ क्याल्वो थापा भाेटे,उर्मिला विक,पूर्णिमा बाेहाेरा र पेमा डाेल्मा गुरूङकाे नाम सिफारिस गरेकाे छ ।
यस्तै नेपाली काँग्रेसले प्रतिनिधिसभा सभाकाे प्रत्यक्ष तर्फ केन्द्रीय सदस्य कर्णबहादुर बुढालाई एकल उम्मेदवार सिफरिस गरेको छ । समानुपातिक तर्फ टंकप्रसाद उपाध्याय,दुधकुमारी हमाल र अर्णबहादुर न्यौपालाइ सिफारिस गरेकाे छ ।
यसैगरी प्रदेशसभा (क) क्षेत्रका लागि प्रत्यक्षतर्फ पार्टी सभापति दिपेन्द्रबहादुर शाही एकलरुपमा उम्मेदवार सिफरिस गरेकाे छ । समानुपातिक तर्फ योगेन्द्रबहादुर शाही, नवराज शाही,श्रीबहादुर शाही,दशरथ रोकाया,सुवर्ण शाही,वेगमसिं ठकुरी,रामकुमारी शाही र जुना रोकाया गरी ८ जना सिफरिस गरेकाे छ । प्रदेशसभा (ख) क्षेत्रका लागि प्रत्यक्षतर्फ भैवबहादुर शाही,पूर्णबहादुर शाही र श्रीलाल बस्नेतलाइ र समानुपातिकमा शुरबहादुर शाही,विष्णु रोकाया,लक्ष्मी शाही र मतिरुपा रावललाइ सिफारिस गरेकाे छ । तर कांग्रेस ख पार्टीकाे बैठकले केन्द्र पार्टीकाे निर्देशन बमाेजिम जयनन्द उपाध्याय,श्री लाल बस्नेत,पुर्ण बहादुर शाही,तुल बहादुर बाेहाेरा,सुनरुपा ठकुल्ला,कर्णचन्द्र राेकायकाे नाम शिफारिष गरेकाे प्रदेश सभापति माेतिप्रसाद उपाध्याले जानकारी दिए । त्यसैगरी समानुपातिक तर्फ माेति प्रसाद उपाध्याय,रमा बाेहाेरा,देबीकृष्ण उपाध्याय,बिष्णु राेकाय,राजिमान सार्की,जयनन्द उपाध्यायलाइ शिफारीष् गरिएको छ ।
संघमा समानुपातिक तर्फ एकल रुपमा पुर्व पार्टी सभापति टंक प्रसाद उपाध्यायलाई शिफारिषका साथ जिल्ला कार्य समितिलाई अनुराेध गर्ने समेत निर्णय भएकाे उपाध्यायले बताए ।
यसैगरि नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधि सभा सदस्यका लागि बदमीक्वारी बोहरालाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको छ । प्रदेशसभा(क) क्षेत्रका लागि शेरबहादुर बुढा एकल उम्मेद्वार बनाएर सिफारिस गरेकाे छ । समानुपातिकतर्फ भने विष्णुबहादुर रोकाया,प्रिमाकुमारी शाही र प्रेमलाल विकलाई उम्मेद्वार सिफारिस गरेको जनाएको छ ।
(ख) निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ धनचन्द्र बैजी,आङबहादुर लामा र चन्द्रकुमारी बुढा उम्मेदवार सिफारिस हुनु भएको छ । प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फ तुलाचन्द्र बुढा र गोपाल विकलाई सिफारिस गरेकाे छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई एकल उम्मेदवार सिफारिसगरेको छ। प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ मिलन शाही र काली बुढालाई सिफारिस गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र (क)वाट प्रत्यक्षतर्फ नन्दसिं बुढा र गणेशबहादुर शाही सिफारिस गरेकाे छ । समानुपातिक तर्फ युवा नेता मानप्रसाद बुढा र मिलन शाहीको नाम सिफारिस भएको छ । (ख) क्षेत्रका लागि प्रत्यक्ष तर्फ युवराज थकालीको एकल नाम सिफारिस भएको छ ।समानुपातिक तर्फ भने छक्कबहादुर धरला र माया ठकुल्लाको नाम सिफारिस भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाे उम्मेदवार सिफारिस गर्न बाँकी नै छ ।
कसले मार्ला त बाजी ?
गत स्थानीय तहकाे चुनावमा खसेकाे मतलाइ आधार मान्दा डाेल्पामा माओवादी केन्द्र पहिलाे,एमाले दाेस्राे र कांग्रेस तेस्राे पार्टी बनेकाे थियाे भने चाैंथाे दल समाजवादी बनेकाे थियाे । यसरी हेर्दा डाेल्पामा कम्युनिष्ट बलियाे अवस्थामा देखिन्छ । केन्द्रीय गठबन्धनलाइ हेर्ने हाे भने गठबन्धन बलियाे देखिन्छ मत हेर्ने हाे भने यदी गठबन्धन भए गठबध्नका उम्मेदवारहरूले जित्ने सम्भावना बलियाे छ । गठबन्धनमा कुन दलकाे भागमा के पर्ने छ त्याे केन्द्रीय निर्णय भर पर्नेछ ।
गत स्थानीय तहकाे चनुवमा डाेल्पामा गठबन्धन नभएकाेले संघ र प्रदेशमा पनि गठबन्धन नहुने देखिन्छ । डाेल्पामा संगठनका हिसाव र भाेट बैंक हेर्ने हाे भने माओवादी केन्द्र र एमाले विच नै कडा भिडन्त हुने देखिन्छ । तर जिल्लाकाे राजनीतिमा व्यक्तिवाद हावी भएकाेले यसै भन्न सक्के सम्भावना छैन । यदि गठबन्धन नभए बलिया भनिएका उम्मेदवार हार्ने सम्भावना पनि प्रवल बन्नेछ ।