काठमाडौ- नेपाली कांग्रेस डोल्पाका पूर्वसभापति अङ्गद कुमार बुढा राप्रपामा प्रवेश गरेका छन् ।
काठमाडौंस्थित राप्रपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुढालाई आफ्नो पार्टीमा स्वागत गरेर भित्र्याएका हुन् ।
मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा डोल्पाबाट राप्रपाको तर्फबाट उमेदवार बन्ने तयारीमा छन्। बुढा त्यसअघि एमालेबाट कांग्रेस प्रवेश गरेका थिए। अहिले भने उनी कांग्रेसबाट राप्रपा प्रवेश गरे।