काठमाडौं, प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ।काठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँ बसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।धादिङ निलकण्ठ नगरपालिका–४ घर भई बसुन्धरा बस्ने ३३ वर्षीय कृष्णबहादुर विक पक्राउ परेका हुन्।
राति बिष्णुमती पुलमा प्रहरी प्रभाग गोंगबुबाट प्रहरी सहायक निरीक्षक (असई) सञ्जमान तामाङ सहितको टोली चेकिङमा खटिएको थियो। बा ३ प ७००५ नम्बरको मोटरसाइकलमा विक आएका थिए। मोटरसाइकल रोकेर चेक गर्ने क्रममा उनले प्रहरीलाई एक हजार रुपैयाँ दिएपछि पक्राउ गरेको परिसरले जनाएको छ।रासस