spot_img

मास्क र फेससिल्ड अनिवार्य गर्दै पठनपाठन सुरु

spot_img

मोरङको बुद्ध माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । केराबारी गाँउपालिका– ९ मा रहेको बुद्ध माध्यमिक विद्यालयले आइतबारदेखि पठनपाठन सुरु गरेको हो ।

दिनमा तीनदेखि चारवटा कक्षाका विद्यार्थीलाई बोलाएर मास्क, फेससिल्ड लगाएर पठनपाठन सुरु गरिएको प्रध्यानाध्यापक छवि धमलाले बताए । उनले भने, ‘विद्यालयमा विद्यार्थी लिएर आफैँ अभिभावक आउनुहुन्छ । १० बजेदेखि ४ बजेसम्म सामाजिक दूरी कायम गर्दै नियमित मास्क, फेससिल्ड र स्यानिटाइजरको प्रयोग गरेर पढाउन थाल्यौँ ।’

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण गत वैशाखदेखि विद्यालय बन्द छन् ।

‘विद्यालयमा पठनपाठन बन्द हुँदा छात्राहरू फेसबुक, टिकटक तथा छात्र फुटबल खेल्ने, खोलामा माछा मार्नेजस्ता कार्यमा लागेको हामीले गरेको सर्वेक्षणले देखायो,’ विद्यालय व्यवस्थापन समतिका अध्यक्ष भूपालमान कार्कीले भने, ‘भोलिका कर्णधारको अवस्था झन् बिग्रँदै गएको देखेपछि विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालय खोलेका हौँ।’

विद्यार्थीका लागि विद्यालय आफैँले फेससिल्डसमेत निर्माण गरेको छ । घरदेखि नै बुद्ध माध्यमिक विद्यालय लेखिएको फेससिल्ड लगाएर विद्यार्थी स्कुल जान्छन् ।

घरमा बस्दाभन्दा विद्यालयमा जाँदा उनीहरू सुरक्षित हुने देखिएको अभिभावकहरू बताउँछन् । सुरक्षाका विधि अपनाएर विद्यालय सञ्चालन गर्दा विद्यार्थीको पठनपाठनलाई असर नगर्ने अभिभावक मुना बरालले बताइन् ।

बाहिरबाट आउने शिक्षक–शिक्षिकाको पिसिआर परीक्षण गर्नुपर्ने, विद्यालयनजिकै कोठा भाडा लिएर बस्नुपर्ने नियम व्यवस्थापन समितिले बनाएको छ । शिक्षक तथा कर्मचारीलाई आर्थिक भार पर्ने भए पनि विद्यार्थीका लागि भने यो तरिका राम्रो भएको अभिभावकले बताए ।

विद्यलायले कुन दिन कुन कक्षा पढाउने भनेर रुटिङ नै बनाएको छ । एक दिन पढ्ने विद्यार्थीले पुनः पाँच दिनपछि पढ्न पाउँछन् । उनीहरूका लागि पाँच दिनसम्म पुग्ने गृहकार्य दिने गरेको विद्यालयका सहायक प्रधानाध्यापक कञ्चन बुढाथोकीले बताए ।

सुरुमा अनलाइन कक्षासमेत सुरु गरेको उक्त विद्यालयले सबै विद्यार्थीको पहुँच नपुगेपछि टोलटोलमा विद्यार्थी भेला गराएरसमेत पढाएको थियो । नयाँ पत्रिकामा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img