रूपक कुलाल,डोल्पा
छार्का ताङसोङ गाउँपालिका डाेल्पाले एकीकृत घुम्ति सेवा सुरु गरेको छ । निजामती सेवा दिवकाे अवरमा एकिकृत घुम्ति सेवा शुरूवात गरिएकाे प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिएका छ्न् । सेवामा प्रमुख प्रशासकिय अधिकृतकाे नेतृत्वमा २५ जना कर्मचारीकाे टाेलि खटिने छ । सेवाकाे शुरूवात वडा नम्वर ४ काे कागकाेट बाट गरिएकाे छ ।
दुर्गममा पनि उपल्लाे डाेल्पा जस्ताे कठिन भुगाेलमा कर्मचारीकाे यस्ताे कार्यक्रम हुनु र जनताकाे घरदैलाेमा पुगेर सेवा प्रवाह गर्दा जनताले स्थानीय सरकार भएकाे प्रत्याभुति गर्नुका साथै लाभ पनि लिने हुँदा कार्यक्रम निकै प्रभावकारी हुने पालिका अध्यक्ष सेनाङ गुरूङले जानकारि दिए ।
घुम्ति सेवा भदौ २२ गते देखि असोज ७ गते सम्म गाउँपालिकाको सबै वडामा सञ्चालन भईरहेको र समय अपुग भए थपिने समेत प्रमुख प्रशासकीय अधिकृत सेजुवालकाे भनाइ छ । घुम्ति शिविरबाट पालिकाका सबै नागरिकलाई सेवा लिन उनले आव्हान समेत गरे । उनले थपे, ‘एकीकृत रूपमा शिविर सुरु भएको छ, सबैलाई स्वास्थ्य परिक्षण गर्न र आफ्नो स्वास्थ्य उपचार गरेर रोग लाग्न नदिन र सरसफाइ गर्न रोग लागेको भए औषधी उपचार गर्न शिविरको अवसरमा सेवा लिन अनुरोध गर्दछु ।’
शिविरमा कृषि प्राविधिकको सल्लाह अनुसार खेतीबाली सम्बन्धि जानकारी लिन र कृषि बिउबिजन बितरण गर्नुको साथै पशु गाईबस्तुको लागि औषधी दिने समेतकाे सेवा दिइने छ । यस्तै सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत दिने नेपाल सरकारकाे निति अनुसार बृद्वाबृद्व, एकल महिला,अपांग लगायतलाई सामाजिक सुरक्षाको कार्यक्रमको रकम बैंकिङ प्रणालीबाट भुक्तानी दिनको लागि बैक खाता खोल्ने सेवा पनि दिइने लेखापाल रामकृष्ण बुढाले थपे । विभिन्न व्यवसाय संचालनको लागि ब्यबसाय दर्ता, र दर्ता गरिएका ब्यवसायको नविकरण गर्न, सामाजिक सुरक्षा नविकरण, मालपोत कर संकलन र अन्य सेवाहरु समेत शिविर अवधिभर घर दैलाेमै प्रदान हुने भएकाले लाभ लिन सेवाग्राहीलाइ लेखापाल रामकृष्ण बुढाले बिशेष अनुरोध समेत गरे ।


















