spot_img

आज ११ सय ५४ कोरोना संक्रमित थपिए,काठमाडौंमा ६  सय ७४ जना

spot_img

काठमाडौं, नेपालमा कोरोना भाइरसका आज ११ सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६५ हजार २ सय ७६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ हजार ५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा आज एकै दिन ६  सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११ सय ५४  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ६ सय ७४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  ९ हजार   ५ सय  ३३  जनाको पिसीआर परिक्षणमा  १३ सय ५४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १००५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४७  हजार  २ सय  ३८ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ५३८  जना र ललितपुरका ६२ जना र भक्तपुरका  ७४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ६५ हजार  २ सय ७६ पुगेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img