spot_img

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा तीनजना पक्राउ

spot_img

धनगढी,  कैलालीको सुखडकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । एक जना आरोपित फरार रहेका छन् । गत मंगलबार राति किशोरीमाथि सामूहिक बलात्कार भएको भन्दै शुक्रबार कैलालीको सुख्खडस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

बलात्कार भएको सम्बन्धमा पीडित परिवारले शुक्रबार इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा ती जनालाई पक्राउ गरेको छ । एक जना भने फरार छन् ।

पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पीडित किशोरीका अनुसार उनी सुख्खडमा आयोजित गौरा पर्वमा मनाइएको देउडा हेर्न गएकी थिइन् । त्यसै क्रममा उनलाई काम छ भन्दै फकाएर युवकहरूको समूहले बलात्कार गरेको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!