spot_img

दार्चुलाको लास्कुमा आएको बाढीले डेढ दर्जन बढी घर बगायो, ११ जना बेपत्ता

spot_img

दार्चुला,दार्चुलामा बाढि र पहिरोका कारण दर्जनौ घरमा क्षति पुगेको छ । गएरातिदेखि महाकाली नदी र लास्कु खोलामा आएको बाढिले दर्जनौं घर बगाएको हो । डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना वेपत्ता भएको जिल्ला पहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ ।

नौगाडमा आएको बाढि र पहिरोले आधादर्जन बढि घरहरुमा क्षति पुगेको स्थानीय प्रेमसिह ठगुन्नाले जानकारी दिए । पहिरोले पुरेर दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका १ का जानकी ठगु्न्नाको मृत्यु भएको छ भने वडा नम्बर २ मा मोहनराम पार्की वेपत्ता भएका छन् । खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढिले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ ।

दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जिपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पु¥याएको छ । बाढिले घर भत्काउने क्रम जारी रहेको हुँदा सेना प्रहरी, सशस्त्र र स्थानीयले उद्धार गरिरहेका छन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img