डाेल्पा, कर्णाली प्रदेशकाे दैलेखमा जिल्लामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनाेट खेलमा तेक्वान्दाे तर्फ डाेल्पाले २ गाेल्ड मेडल हात पारेकाे छ। डाेल्पाबाट प्रशिक्षक विमल राेकायाकाे नेतृत्वमा तेक्वान्दाेतर्फ ४ खेलाडीले सहभागिता जनाएका थिए । सहभागि मध्धे पुरूष तर्फ प्रशिक्षक राेकाया र महिला तर्फबाट विविका वस्नेतले गाेल्ड मेडल हात पार्न सफल भएका हुन् ।
डाेल्पा जिल्लाबाट दुवैजना कर्णाली प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभाजिता जनाउने छन् । अागामि दिनमा थप उत्साहका साथ खेलेर जिल्ला सहित प्रदेशकाे पनि इज्जत राख्ने विश्वास रहेकाे प्रशिक्षक विमल राेकायाले इमान्दार खवरलाइ जानकारी दिए ।