चितवन, चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको ज्यान गएको छ । माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हिजो भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।
शनिवारदेखि हराउनुभएका अधिकारी आज बिहान मृत भेटिनु भएको हो । उहाँको शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।रासस