काठमाडाैँ, केही दिनयता लगातारजसो बढिरहेको सुनको मुल्य आज भने तीन सय रुपैयाँले घटेको छ ।सुनको मुल्यआज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो ।यस्तै, चाँदीको मुल्यभने आज स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।