spot_img

सर्वत्र विरोधपछि डाक्टर केसीलाई ट्रमा सेन्टरबाट सारियो टिचिङ

spot_img

काठमाडौं, चिकित्सा शिक्षा सुधारका मागहरु राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

नेपालगन्जबाट आज काठमाडौं ल्याइएका डा. केसीलाई सुरुमा राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा त्यहाँ बस्न नमानेपछि महाराजगन्ज लगिएको हो।

जबर्जस्ती ट्रमा सेन्टर लगिएका केसीले त्रिवि शिक्षणा अस्पतालमै बस्न पाउनुपर्ने र ट्रमा सेन्टरबाट उपचार पनि नलिने बताएपछि शिक्षण अस्पताल लगिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

अब त्यहीँ अनशन जारी रहने केसीले बताएका छन्।

यसअघि जुम्लामा अनशनरत केसी हिजो हवाईजहाजबाट नेपालगञ्ज र आज काठमाडौं आएका हुन्। उनले आफू त्रिवि शिक्षण अस्पतालमा जान चाहेको तर सरकारले जबर्जस्ती ट्रमा सेन्टरमा ल्याएको भन्दै आपत्ति जनाएका थिए।

तर अस्पताल प्रशासनले भने कोभिड १९ को जोखिमका कारण त्रिवि नलगेर ट्रमा सेन्टरमा लगिएको बताएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img