spot_img

क्रान्तिकारीको आयोजनामा संविधान दिवसको अवसरमा “काठमाडौं रेस २०७९” हुने

spot_img

काठमाडौं, ८ औँ संविधान दिवसको अवसरमा “काठमाडौं रेस २०७९” हुने भएको छ । असोज ३ गते “काठमाडौं रेस २०७९” ५ कि मी दुरीको मिनी म्याराथनहुने भएको हो । “संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागी हाम्रो समर्थन शिक्षा ! स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागी मिनी म्याराथन !! ” भन्ने नाराका साथ नेपाल एथलेटिक्स संघ, सहिद स्मृति स्पोर्ट एकेडेमी, राष्ट्रिय खेलकुद परिषद्, नेपालको समन्वय र अखिल (क्रान्तिकारी) पवन कार्कीको नेतृत्वमा रहेको कमिटीको आयोजनामा हुने अखिल (क्रान्तिकारी)को केन्द्रीय प्रवक्ता उपदेश यादवले बताए ।

कार्यक्रमअसोज ३ गते बिहान ७ः०० बजे त्रिपुरेश्वर, थापाथली, माइतीघर, बवरमहल हुँदै बिजुली बजार पुल हुँदै एभरेष्ट होटल अगाडिको डीभाइडर पुगेर सोही बाटो फर्केर त्रिपुरेश्वर सम्मको ५ किलोमिटरको मिनी म्याराथन हुने उनको भनाइ छ ।

म्याराथनका लागि सहभागी हुनका लागि रजिस्ट्रेसन शुल्क ९९ तथा सहभागी विद्यार्थीहरूलाई निःशुल्क टी शर्ट निःशुल्क उपलब्ध गराउने उनले बताए । म्याराथनमा प्रथम २५ हजार द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १५ हजार सहित ट्रफि र मेडल प्रदान गरीने प्रवक्ता यदावले बताए ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!