spot_img

सुनको मूल्य सात सय रुपैयाँले घट्यो

spot_img

काठमाडौ, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य ९३ हजार ५०० र तेजाबी सुनको ९३ हजार रुपैयाँ छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ । हिजो मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम थियो ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img