काठमाडाैँ, केही दिनदेखि लगातार घटेको सुनको मुल्य आज पनि घटेको छ ।आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको मुल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।