spot_img

डेंगीका बिरामीले १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुन्छ, मेयर शाह

spot_img

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले डेंगीका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सक्ने बताएका छन्।महानगरबासीलाई महानगरले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो।मेयर शाहका अनुसार डेंगी संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने पनि बताएका छन्।

साथै महानगरले डेंगीको रोकथाम र नियन्त्रणमा टोल–टोल वा सामुदायिकरूपमा नै सक्रिय भएर लाग्न पनि उनले आग्रह गरेका छन्।उनले डेंगी समुदायमा फैलिएकोले त्यसको रोकथाम र नियन्त्रणका लागि सचेतना तथा क्रियाशीलताको आवश्यकता रहेको पनि बताए।उनले डेंगी रोकथामका लागि महानगरले थप कार्यक्रम पनि विस्तार गर्दै स्रोत र जनशक्तिको प्रयोग गर्दै जाने बताएका छन्।पछिल्लो समय डेंगीका बिरामी बढेका छन् भने अस्पतालहरूमा डेंगीका बिरामी आउने क्रम पनि बढ्दो छ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img