काठमाडौं,बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही देशका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर(पश्चिम तर्फ सर्ने क्रममा देशका विभिन्न स्थानमा बर्षा सम्भावना रहेको छ ।
आज दिउँसोपछि देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखी मध्यम बर्षा हुने सम्भावना हरेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ।

















